सुन तस्करी प्रकरणमा ३० लाखसहित तीन चिनियाँ नागरिक पक्राउ

बकैया दर्पण संवाददाता
३० श्रावण २०८०, मंगलवार १३:४६

मकवानपुर । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार काठमाडौंबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । झाओ हुई, जोङ छ्याङ र ताङ जिङ (महिला) पक्राउ परेका हुन् ।

यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो ।

सोमबार ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*