पहिरोका कारण कुलेखानी–सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध

बकैया दर्पण संवाददाता
२८ श्रावण २०८०, आईतवार १०:०८

मकवानपुर । गएराति देखि परेको विरल बर्षासँगै आएकाृ पहिरोका कारण कुलेखानी–सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध बनेको छ ।

उक्त सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ भालुडाँडास्थित पहिरो जाँदा यातायात अवरुद्ध बनेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

लगातार वर्षाका कारण पहिरो हटाउन कठिनाइ भइरहेको भन्दै प्रहरी नायव उपरीक्षक कार्कीले उक्त सडकखण्ड हुँदै संचालन हुने सवारी साधनहरुलाई बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेका छन् ।

वर्षाका कारण भैंसे–भीमफेदी सडकखण्ड पनि अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका वडा नम्वर २ स्थित ज्यालटारमा माथिबाट लेदो माटोसहितको पहिरो जाँदा भैंसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध बनेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*