काठमाडौंमा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु, आमा घाइते

बकैया दर्पण संवाददाता
२१ श्रावण २०८०, आईतवार १२:३२

मकवानपुर । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु भएको छ।

शनिबार राति करिब ८ बजेतिर पहिरोले घर पुर्दा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरीको मृत्यु भएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

सो घटनामा परी गणेशकी श्रीमती सञ्जु तामाङ भने घाइते भएकी छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उक्त घटनामा छोरा भने सकुशल रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*