अबदेखि पाइलट ‘सन्तुष्ट’ नभई जहाज नउड्ने

बकैया दर्पण संवाददाता
१६ श्रावण २०८०, मंगलवार १७:१७

मकवानपुर । अबदेखि एयरलाइन्सहरूले पाइलटलाई सन्तुष्ट बनाएर मात्र जहाज उडान गराउनुपर्ने भएको छ । साउन १२ गते उड्डयन सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको संयोजकमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।अहिलेसम्म भएका अधिकांश हवाई दुर्घटनामा पाइलटलाई दोषी देखाइँदै आएको छ । सो अवस्थाको अन्त्य गर्न पनि प्लेन उडाउनुअघि पाइलटको अवस्थाबारे ध्यान दिन खोजिएको नागरिक उड्डयन प्राधिकरण स्रोतले बतायो ।

मनसुनका समयमा हवाई उडान सर्तकता अपनाउनेबारे विभिन्न विषयमा भएको छलफलमा प्राधिकरणको १४ गते गरेको निर्णय कार्यान्वयन चरणमा लगिएको हो । सो बैठकले ५ वटा निर्णय गरेको थियो ।

बैठकले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण नागरिक उड्डयन नियमावली २०५८’ को परिच्छेद १० नियम ६५ ‘ख’ मा भएको व्यवस्था कडाईसाथ लागू गर्न उड्डयन तथा हवाई सुरक्षा नियमन निर्देशनालय मार्फत सञ्चालनमा रहेका विभिन्न एयरलाइन्सलाई पत्राचार गरी उक्त निर्णय कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

सो नियमावलीको परिच्छेद १० मा प्रमुख वायुयान चालक ९पाइलट इन कमाण्ड० सन्तुष्ट हुनुपर्ने उल्लेख छ । यदि पाइलट सन्तुष्ट छैन भने ऊ सन्तुष्ट नभएसम्म उडान गर्न नदिने निर्णय क्यानले गरेको हो । बढ्दो हवाई दुर्घटना न्यूनीकरण गर्न उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलटलाई सन्तुष्ट बनाउनै पर्ने व्यवस्था गरेको हो ।

उडानअघि प्रमुख पाइलट सन्तुष्ट भएरनभएको विषय सम्बन्धित कम्पनीले अनुगमन गर्नुपर्ने छ । यदि, कुनै कम्पनीले क्याप्टेन सन्तुष्ट नभएकै अवस्थामा जबर्जस्ती जहाज उडान गर्न निर्देशन दिए प्राधिकरणलाई सोबारे जानकारी गराउनसमेत भनिएको छ ।

यस्तै जुलाई अगस्ट र सेप्टेम्बर सम्म पाइलटलाई अतिरिक्त उडान गर्न अनुमति निदिने निर्णय पनि क्यानको छ । यस्तै विमानस्थलको अपरेसन आवरमा मात्र सम्बन्धित वायु सेवा कम्पनीको उडान तालिका स्विकृत गर्नुपर्ने निर्णय पनि क्यानको छ ।

पछिल्लो समय मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । गत असार २६ गते भएको दुर्घटनामा क्याप्टेन चेत गुरुङ सहित ५ जना विदेशी नागरिकको मृत्यु भएको थियो । यसमा पनि क्याप्टेनलाई दबाब दिएर उडान गरिएकाले दुर्घटना भएको वायुसेवा सञ्चालकहरू बताउँछन् । (नेपालप्रेस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*