न्यायाधीश नियुक्तिमा कसले गर्यो अवरोधः प्रधानन्यायाधीशले गरे यस्तो संकेत

बकैया दर्पण संवाददाता
१६ श्रावण २०८०, मंगलवार १५:०९

मकवानपुर । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनतालाई न्याय दिने न्यायपालिकामा एक चौथाइसम्म न्यायाधीश खाली हुँदा सर्वसाधारण अन्यायमा परेको बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मंगलवार आयोजना गरेको प्रकाश स्मृति मानव अधिकार पुरस्कार वितरण कार्यक्रममा प्रधान न्यायाधीश कार्कीले कानूनको पालना न्यायपालिकाबाटै होस् भन्नुपर्ने अवस्था आइपुगेको बताए ।

न्यायाधीश नियुक्तिमा कार्यपालिका बाधक बनेको संकेत गर्दै प्रधान न्यायाधीश कार्कीले अहिले न्यायाधीशहरु खाली हुनुमा न्यायालयको कारण नभएर अन्य कारण रहेको बताए ।

कार्कीले भने– प्रधानन्यायाधीश खाली हुनुभन्दा एक महिनाअघि सिफारिस गर्नुपर्ने व्यवस्था छ । जिल्ला न्यायाधीशको समेत एक महिनाअघि नियुक्तिको लागि जानुपर्ने व्यवस्था छ । तर अन्य कारणबाटै ढिलाइ भरहेको छ,हाम्रो कारण होइन ।

प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिका लागि न्याय परिषद बैठक बोलाउँदा समेत कानून मन्त्री धनराज गुरुङ नगएका कारण सिफारिस हुन सकेको छैन । कार्यक्रममा सुशील प्याकुरेल, डा।रेनु अधिकारीलगायतले मानव अधिकारको अवस्था कमजोर बन्दै गएको बताए । (नेपालप्रेस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*