भोलि श्रावण १५ खिर खाने दिन

बकैया दर्पण संवाददाता
१४ श्रावण २०८०, आईतवार १४:२३

बकैया दर्पण ।भोलि श्रावण १५ खीर खाने दिन ।श्रावण  १५ कादिन खीर खाने विशेष दिनको रूपमा समेत प्रचलित रहेको छ।

नेपाली परम्परा अनुसार वर्ष भरि विभिन्न महत्त्वपूर्ण दिनहरूमा विभिन्न परिकार खाने चलन रहेको छ।

श्रावण गर्मी र वर्षाको महिना समेत भएकोमा यस महिनामा शरीरमा दाद, लुतो र खटिरा जस्ता रोगले आक्रमण गर्ने हुँदा शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ ।

रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागी यो महिनामा दूध र दूधजन्य परिकारहरू त्यसमा पनि खास गरी खीर खाने चलन रहेको छ।

पौराणिक मान्यता अनुसार श्रावण महिना देवाधी देव शिव शङ्कर अर्थात् महादेवको आराधना गर्ने महिनाको रूपमा लिइन्छ । त्यसै कारण यो महिना माछा-मासु, मदिरा आदि सेवन नगरी व्रत बस्ने र आँप, नास पाती तथा भूइँकटहर लगायतका फलफूलहरू खाने चलन रहेको छ।आर्यूवेद अनुसार यस ऋतुमा शरीर भित्र पित्त सञ्चित हुने भएकाले खीर खान उपयुक्त मानिन्छ। दूधमा शीतलता प्रदान गर्ने मधुर गुण हुन्छ भने मरिचले कफ हटाउन मद्दत गर्छ ।

खीरमा अग्निवर्धक दाख मिसाउनाले यसले पित्त नास गर्ने क्षमता बोकेको हुन्छ। खीरमा मिसाइने केसर ले बल प्रदान गर्नुका साथै वर्ण (छाला र अनुहार) चहकिलो पार्ने र पित्त नास गर्ने काम पनि गर्छ। खीर बनाउँदा यसमा मिसिने सुख्खा- फलले भिटामिन र खनिज तत्त्वहरू, चामलमा रहेको कार्बोहाइड्रेट, दूध बाट पाइने क्याल्सियम, प्रोटिन इत्यादि सबै शरीर लाई चाहिने आवश्यक तत्त्वहरू भएकाले यो ऋतुमा खीर भोजन गर्नु लाभप्रद हुन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*