पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

बकैया दर्पण संवाददाता
१४ श्रावण २०८०, आईतवार ११:४८

मकवानपुर । मुग्लिन–नारायणगढ सडकखण्ड आइतबार बिहान १० बजेदेखि अवरुद्ध भएको छ ।

सडकखण्डको कालीखोला पुलनजिकै पहिरो खसेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

निरन्तर वर्षा भइरहँदा माथिबाट लेदो बगिरहेकाले पहिरो पन्छाउन मुस्किल भएको बताइएको छ । पानी पर्न कम भएपछि पहिरो पन्छाएर सडक खुलाइने आयोजनाले जनाएको छ । सडक कति बेला खुल्छ भन्ने यकिन नभएको भन्दै प्रहरीले यात्राका लागि वैकल्पिक मार्ग रोज्न भनेको छ ।

सडक अवरुद्ध भएपछि दुवैतर्फ सयौं सवारी साधन रोकिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*