चिनियाँ नागरिकको गोदामबाट सय कार्टुन दारी काट्ने मेशिन बरामद

बकैया दर्पण संवाददाता
११ श्रावण २०८०, बिहीबार १५:२१

मकवानपुर । झण्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले लिएको भाडाको गोदाममा प्रहरी र राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।

बिहिबार प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिकले भाडामा लिएको गोदाममा छापा मारेको हो । सो क्रममा दारी काट्ने मेशिन १ सय कार्टुन फेला पारिएको छ । प्रहरी र विभागको टोलीले अहिले थप अनुसन्धान गरिरहेको छ ।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदैं गर्दा झण्डै १ सय किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । अहिलेसम्म घटनाको छानबिनका क्रममा एक चिनियाँ, एक भारतीय, भन्सार कर्मचारी,भन्सार एजेन्ट लगायतका गरी १७ जना पक्राउ परिसकेका छन् । सुन प्रकरणको मुख्य ब्यक्ति को हो भन्ने अझै पत्ता लागेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*