मिटरब्याज पीडितको पक्षमा देशभरका जनता छन्ः कानुनमन्त्री गुरुङ

बकैया दर्पण संवाददाता
११ श्रावण २०८०, बिहीबार १२:४४

मकवानपुर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को पक्षमा सबै राजनीतिक दलहरु एक हुन आवश्यक रहेको बताएका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक रहेको बताए। उनले सामन्तवादका अवशेषहरुको अन्त्यका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउ ।

उनले विधेयकको रुप फेरिए पनि सार नफेरिएकोप्रति माफी माग्दै आगामी दिनमा सरकारले त्यस्ता कमी कमजोरी नगर्ने बताए ।

उनले भने, ‘हामी पीडितको पक्षमा उभिनुपर्छ । सिंगो मुलुक पीडितको पक्षमा उभिएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदन पीडितकै पक्षमा उभिने हो । सामन्तवादका अवशेषहरुको अन्त्यका लागि एक ठाउँमा उभिनुपर्छ । सामन्तवादको अवशेषका पक्षमा कोही पनि उभिँदैनौँ। रुप फेरिएर आए पनि त्यो विधेयकको सार फेरिएको छैन भन्ने मलाई लागिरहेको छ । त्यसैले सार नफेरिकन रुप फेरिएर मात्रै हुँदैन । वास्तवमा पीडकहरुलाई अनुचित लेनदेन गर्ने पीडकलाई कानूनी दायरामा ल्याउने काम गर्न यो विधेयकले । त्यसैले सार नफेरिएरको रुप फेरिएको अवस्थामा आइपुग्दा म दुःखीत छु। आफी चाहन्छु, आइन्दा यसरी कमी त्रुटि सरकारको पक्षबाट नहुने आग्रह गर्छु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*