हेटौंडाको सडक विस्तार कार्य तत्काल रोक्न सर्वोच्चको आदेश

बकैया दर्पण संवाददाता
१० श्रावण २०८०, बुधबार १६:४१

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रको सडकखण्ड विस्तार कार्य तत्काल अघि नबढ्ने भएको छ । सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेशसँगै सडक विस्तार कार्य अन्यौलमा परेको छ ।

सडक डिभिजन हेटौंडाले यहि साउन १६ गतेबाट सडक विस्तार गर्ने तयारी गरेको थियो । तर, अदालतको आदेशपछि विस्तारको विषय अन्यौल भएको हो ।

निवेदक विजयलाल जोशीले पेस गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश गरेको हो ।
मुद्दामा न्यायाधीश अनिल कुमार सिन्हाको इजलासले मन्त्रालयसँग सडक विस्तारको विषयमा १५ दिन भित्र लिखित जवाफ माग गर्दै सो आदेश गरेको हो ।

‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारण सहित बाटोको म्याद बाहेक सूचना म्याद पाएका मितिले १५ (पन्ध्र) दिनभित्र प्रत्यर्थी नं. १, २, ३, ४, ५, ६, ७, ८, ९ ले महान्यायाधिवक्ताको कार्यालय मार्फत् र प्रत्यर्थी नं. १० ले आफै वा आफ्नो कानुन बमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी प्रस्तुत आदेश र रिट निवेदनको एक एक प्रति नक्कल समेत साथै राखी विपक्षीहरूका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला,’ अदालतको आदेशमा उल्लेख छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*