ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

बकैया दर्पण संवाददाता
१० श्रावण २०८०, बुधबार १६:३२

मकवानपुर । ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बुधबार हिरासतमा राख्न म्याद थपेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले हालसम्म २२ जनालाई पक्राउ गरेको छ ।

सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । अझै बढीमा ३० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने समय सीआईबीलाई छ । (नेपालप्रेस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*