सुनकोशी–मरिण डाइभर्सनको कामले तीव्र गति लिएको

बकैया दर्पण संवाददाता
८ श्रावण २०८०, सोमबार १४:१०

मकवानपुर । सिन्धुलीमा संचालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम लक्ष्यभन्दा तीव्र गतिमा भइरहेको छ ।
कुल १३.३ किलोमिटर सुरुङमध्ये टिविएम संचालन भएको ९ महिनाको अवधिमा ७.५ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको हालसम्मको प्रगती लक्ष्य भौतिक र वित्तिय १३ प्रतिशत रहेकोमा भौतिक तर्फ २१.४ प्रतिशत र वित्तिय तर्फ १९.२ प्रतिशत भएको हो ।

आयोजना स्थल कमलामाई नगरपालिका– २ को कुसुमटारमा गत असोज महिनाको २८ गते सुरुङ खन्ने काम थालनी भएकोमा अहिले चुरे क्षेत्र पार गरेर महाभारत क्षेत्रमा प्रवेश गरेको आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिनुभयो । सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको कुल लागत ४६ अर्व १९ करोडमध्ये हालसम्म ८ अर्व ८६ करोड खर्च भइसकेको छ । आयोजनाको सुनकोशी र तामाकोशी नदीको कानढुंग्रीबाट बाँध निर्माणको कार्य वर्षायामका कारणले केही ढिला भएपनि कार्तिक महिनादेखि तीब्रता दिइने जनाइएको छ ।

आयोजनाको सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले ठेक्का पाएको हो । यो राष्ट्रिय गौरवको आयोजनाको निर्माणले मधेश प्रदेशका आधा दर्जन जिल्लाहरुमा सिँचाइ पुग्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*