मल्होत्राले सुन प्रकरणमा आफ्नो संलग्नता नभएको बताए

बकैया दर्पण संवाददाता
४ श्रावण २०८०, बिहीबार १३:५८

मकवानपुर । उद्योगी एवं व्यवसायी दिपक मलहोत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउनु भएको छ ।

आज बिहिबार पत्रकार सम्मेलन गर्दै मल्होत्राले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रस्ट्याउनु भएको हो । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिन लागेको झण्डै एक क्वीन्टल सुन बरामद भएको थियो । त्यसमा मल्होत्राको नाम जोडिएपछि उहाँले त्यसबारे स्पष्ट पार्नु भएको हो ।

बुधबार स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को नामबाट उक्त परिमाणको सुन भन्सारबाट जाँचपास गराएर बाहिर ल्याइएको थियो । राजश्व अनुसन्धान विभागको टोलील उक्त परिमाणको सुन बरामद गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*