इन्सपेक्टर हेमन्त राईद्वारा प्रहरी जवानलाई हात बाँधेर यातना

बकैया दर्पण संवाददाता
२७ असार २०८०, बुधबार १३:४०

मकवानपुर । सिरहामा कार्यरत १ जना प्रहरी जवानलाई हात बाँधेर यातना दिएको भिडियो बाहिरिएको छ । सिरहामा कार्यरत प्रहरी जवान अनु रायको हात बाँधेर यातना दिएको भिडियो बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतका अनुसार इन्सपेक्टर हेमन्त राईले प्रहरी जवानको हात बाँधेर यातना दिएका हुन् ।

प्रहरी आचरण विपरीत काम गरेको र रक्सी पिएको भन्दै जवानलाई गाली गरेको समेत भिडियोमा सुनिन्छ। जवानले भने आफूले रक्सी नपिएको दाबी गर्छन् । त्यसपछि मेडिकल टेस्ट गर्न लैजाने भनिएको भिडियोमा सुनिन्छ ।

उक्त भिडियो बाहिरिएपछि यसमाथि छानबिन भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी जनकराज भट्टराईले भने, ‘भिडियो मैले पनि भर्खर प्राप्त गरेँ । यसबारे के कसो भएको हो भन्नेबारे हामीले आन्तरिक रुपमा बुझ्न सुरु गरेका छौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*