वडाध्यक्ष परे बहुविवाहको आरोपमा पक्राउ

बकैया दर्पण संवाददाता
२७ असार २०८०, बुधबार ११:५६

मकवानपुर । महोत्तरीको भंगहा नगरपालिका–४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् ।

उनलाई बहुविवाह गरेको आरोपमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार, जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*