बागमतीमा ५६ हजार भन्दा बढी लम्पी स्कीनबाट प्रभावित पशुलाई खोप लगाइयो

बकैया दर्पण संवाददाता
२७ असार २०८०, बुधबार ११:४९

मकवानपुर । बागमती प्रदेशमा लम्पी स्कीन रोगका कारण प्रभावित भएका ५६ हजार भन्दाबढी पशुमा रोग विरुद्धको खोप लगाइएको छ ।

प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाका ५६ हजार ३३३ पशुमा खोप लगाइएको प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सिन्धुली, रामेछाप, काभ्रे र रसुवा बाहे्कका जिल्लाहरुमा खोप सेवा उपलब्ध गराइएको हो ।

मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौंका ८ हजार ७७० गाई, ललितपुरको ५ हजार ४०० गाई, भक्तपुरका ३ हजार ७५ गाई, दोलखामा २ हजार ५०० गाई र सिन्धुपाल्चोक ३ हजार ४५० गाईमा खोप लगाइएको छ ।

यसैगरी, धादिङमा ५ हजार ५३३ गाई, नुवाकोटमा ४ हजार ८२५ गाई, चितवन ३ हजार ३८० गाई र मकवानपुरमा १९ हजार ४०० गाईमा खोप लगाइएको छ । हाल ती सबै जिल्लामा खोप लगाउने कार्य जारी छ ।

मन्त्रालयले रोगको संक्रमण दर बढ्दो क्रममा रहेकाले आपतकालिन अवस्था घोषणा गरेर नियन्त्रणको तयारी गर्ने तर्फ छलफल अघि बढाएको मन्त्रालयका पशु विकास अधिकृत डा। निशान्त शर्मा गेलालले जानकारी दिए ।

केही महिना अघिदेखि देखिएको उक्त संक्रमणबाट प्रदेशका १३ जिल्लाका ४० हजार ३७२ गाई भैसीमा संक्रमण पुष्टि भएको छ भने सो संक्रमणबाट एक हजार २४८ गाई भैंसीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, ६१७ बाच्छाबाच्छी, ३५ हजार ६७८ गाई, ३ हजार ३०९ गोरु र ७५९ भैसीमा संक्रमण पुष्टि भएको छ भने ४६ बाच्छाबाच्छी, १ हजार ८६ गाई, १०३ गोरु र १३ भैसी संक्रमणका कारण मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*