हेलिकोप्टर दुर्घटनामा स्थित सबैको मृत्यु

बकैया दर्पण संवाददाता
२६ असार २०८०, मंगलवार १३:४७

मकवनपुर । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा सवार ६ जनाको नै शव फेला परेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

सोलुखुम्बुको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एन–एएमभी कलसाइन भएको हेलिकोप्टर मंगलबार बिहान ९ः५२ बजे दुर्घटनामा परेको हो । हेलिकोप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ भकाञ्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

सोलुखुम्बका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले ६ जनाको शव भेटिएको जानकारी दिए । हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए ।

प्रजिअ भट्टराईका अनुसार घटनास्थलमा प्रहरीको टोली पुगेको छ। २ जना प्रहरी घटनास्थलमा पुगिसकेका र थप सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको भट्टराईले जानकारी दिए ।

हेलिकोप्टरमा १ जना पाइलट र ५ जना यात्रु थिए। ५ जना यात्रुमध्ये सबै मेक्सिन नागरिक रहेका जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*