मकवानपुरका तितुङ धादिङबाट पक्राउ परे

बकैया दर्पण संवाददाता
२६ असार २०८०, मंगलवार १३:३२

मकवानपुर । धादिङकोे थाक्रे गाउँपालिका वडा नं.२ सिम्ले बजारबाट अन्दाजी ११ किलो लागूऔषध चरेशसहित प्रहरीले मकवानपुरका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं. ७ बस्ने ४० बर्षीय जयबहादुर तितुङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, तितुङलाई शंका लागेर चेकजाँज गदा उनको साथबाट उक्त परिमाणको चरेश फेला परेपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*