हेलिकोप्टर दुर्घटनापछि धैर्य गर्नु बाहेक विकल्प नभएको पर्यटनमन्त्रीको भनाई

बकैया दर्पण संवाददाता
२६ असार २०८०, मंगलवार १३:२१

मकवानपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मनाङ एयरको हेलिकोप्टर हराएको जानकारी गराउँदै खोजीका लागि काठमाडौंबाट अर्को हेलिकोप्टर पठाइएको बताएका छन्।

उनले घटनाबारे केही समयपछि सत्य तथ्य आउने समेत समेत बताएका छन् । मन्त्री किरातीले सामाजिक सञ्जालमा सबैलाई धैर्य गर्न पनि आग्रह गरेका छन्। ‘हामीसँग धैर्य रहनु बाहेक केही विकल्प छैन,’ उनले लेखेका छन् ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर बीचमै सम्पर्कविहीन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त हेलिकोप्टर खोज्न अल्टिच्युड एयरको हेलिकोप्टर पठाएको छ ।

विहान १० बजेर १० मिनेटमा सोलुखुम्बुकै सुर्के हेलिप्याडबाट विदेशी ५ नागरिक बोकेर काठमाडौं आउँदै गर्दा सम्पर्क विहीन भएको थियो ।

उक्त हेलिकोप्टर लामाजुरामा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए भने जसमध्ये ५ जना मेक्सिकन नागरिक सवार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*