हेटौंडा, रातोमाटेको चेकिङमा अबैध सामान र लागूऔषध बरामद

बकैया दर्पण संवाददाता
२६ असार २०८०, मंगलवार १२:३५

मकवानपुर । हेटौंडाको रातोमाटेमा चेकिङमा कडाइ गरिदै छ । प्रहरीले एकै दिन लागूऔषध र धेरै अबैध सामान बरामद गरेको छ । प्रहरी चौकी रातोमाटेमा कार्यरत प्रहरी बरिष्ठ नायब निरिक्षक मञ्जु कुमारी रानाको कमाण्डमा खटिएको प्रहरी टोलिले लागूऔषध र अबै सामान नियन्त्रण गर्ने काममा कडाइ गर्दै आउनु भएको छ ।

रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा चुरियामाईबाट हेटौडा बजार तर्फ आउदै गरेको पैदल यात्री हेटौंडा– १४ बदेलधाप बस्ने २४ वर्षिय किरण लामालाई लागूऔषध सहित पक्राउ गरिएको छ । उनलाई शंका लागी चेक जाँच गर्दा साथबाट ट्रामाडोल क्यापसुल लेखेको २७ फाईल ट्याबलेट १ फाईलमा १० वटा ट्याबलेट भएको र जम्मा २७० वटा ट्याबलेट फेला पारी उनलाई नियन्त्रणमा लिई अनुसन्धानको लागी प्रहरीचौकी रातोमाटेमा राखिएको छ ।

यसैगरी हेटौंडा–१५ रातोमाटेबाटनै बिरगंज बाट काठमाण्डौ तर्फ जान लागेको बसलाई चेकजाँच गरी बिल नभएका सामानहरु बरामद गरेको छ । बिभीन्न ७ वटा बसहरुबाट चामल, चिनि लगायतका किनाना सामानहरु १७ बोरा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैगरी रातोमाटेबाटनै रौतहट बाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख २५३५ नम्बरको यात्रु बाहक बसलाई चेक जाँच गर्ने क्रममा बसको पछाडिको डिक्किमा रहेको सेतो बोरा भित्र भन्सार छलि लुकाई छिपाई राखेको बिल भन्दा बढी को सामान बरामद गरिएको छ । प्रहरीले २ लाख ३२ हजार बराबरको सामान बरामद गरेको हो । प्रहरीले ४६४ पिस लता कपडा कुर्था फेला पारी नियन्त्रणमा लिई अनुसन्धानको लागी प्रहरी चौकी रातोमाटेमा राखिएको छ । बस गन्तब्य तर्फ गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*