मनाङ एअरको हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एअरको हेलिकप्टर परिचालन

बकैया दर्पण संवाददाता
२६ असार २०८०, मंगलवार १२:२९

मकवानपुर । मनाङ एअरको हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एअर हेलिकप्टर परिचालन गरिएको छ । बिहान १० बजेर १ मिनेट जाँदा मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।

यो हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नआएपछि खोजीका लागि एअर हेलिकप्टर काठमाण्डौबाट उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

हेलिकप्टरमा चालकसहित ६ जना रहेका प्रवक्ता सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका छन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्के हेलिप्याडबाट हेलिकप्टर बिहान १० बजेर ५ मिनेटमा उडेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठका अनुसार लुक्लाबाट सामान्यता ४५ मिनेटमा हेलिकप्टर त्रिभुवन विमानस्थलमा पुग्नुपर्ने थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*