आज देखि पशुपतिनाथमा साउने सोमबारको व्रत शुरु, श्रद्धालुको घुइँचो

बकैया दर्पण संवाददाता
२५ असार २०८०, सोमबार १२:१३

मकवानपुर । सूर्यमास अनुसार साउन संक्रान्तिदेखि साउन महिना लाग्नेभएता पनि चन्द्रमास पात्रोको आधारमा यसपाली पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ।

तिथि अनुसार साउनको सोमबारमा ब्रतबस्नेहरुले गुरुपुर्णिमा देखि जनैपूणिर्मा सम्म एकमहिना भित्र पर्ने सोमबार व्रत बस्ने गर्दछन्। तर यसवर्ष चन्द्रमास पात्रो अनुसार साउनमा अधिकमास रहेको हुनाले एक महिनाभरी कुनै पनि धार्मिक कार्य नहुने शास्त्रमा उल्लेख छ।

यसरी गुरुपुर्णिमा पछि आउने दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ।​चन्द्रमास पात्रोअनुसार आजदेखि साउने सोमबारको व्रत सुरुहुने भएपछि पशुपतिनाथमा श्रद्वालुको घुँइचो बढेको छ।

देशका विभिन्न भागबाट दर्शन गर्न आएका श्रद्धालुको भीड बिहानैदेखि पशुपतिमा बढेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*