आरजुको नाम लिँदै करोडको डिल गरिएको अडियो सन्देश शर्माको, नक्कली भुटानी शरणार्थी प्रकरण

बकैया दर्पण संवाददाता
२४ असार २०८०, आईतवार १३:४३

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेता तथा सांसद आरजु राणाको नाम जोडेर करौडौं रुपैयाँ बराबर रकमको डिल भएको जनाउने अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ।

प्रहरी प्रधान कार्यालयले उक्त अडियो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका दाङको तुलसीपुर घर भएका सन्देश शर्माको भएको जनाएको छ । अडियो परीक्षण गर्दा शर्माको स्वरसँग ‘स्पिकर आइडेन्टिफिकेस ट्रेट्स म्याच’ भएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायले जनाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो चरणको प्रहरी अनुसन्धान चलिरहँदा आरजुको नाम समेत लिएर रकम डिल भएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*