हेटौंडाबाट एक जना लागूऔषधसहित पक्राउ

बकैया दर्पण संवाददाता
२४ असार २०८०, आईतवार ११:१९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङबाट प्रहरीले लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलिले लागूऔषध गाँजा ५ किलोसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–१ बस्ने अन्दाजी ३५ वर्षीय कौशल शाह रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, पैदल हिडिरहेका शाहलाई शंका लागेर चेकजाँच उनको साथबाट सो परिमाणको लागूऔषध गाँजा फेला परेपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रहृया अगाडि बढाएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*