आज एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

बकैया दर्पण संवाददाता
२१ असार २०८०, बिहीबार ११:०३

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझसम्ममा माध्यामिक तह परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्ने तयारी स्वरुप परीक्षा बोर्डको बैठक अहिले केही बेरमा बस्ने भएको छ । डाटा प्रवेशलगायतका सबै काम सकिएकाले बिहीबार साँझसम्ममा नतिजा सार्वजनिक गर्ने निर्णय हुनसक्ने बताइएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्नको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा सार्वजनिक गर्न अनुमति दिएको हो । ती संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा सार्वजनिक गराउने भएका हुन् ।

त्यसरी अनुमति पाएकामा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ ।

यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैङ्क, इडियु संजाल, कान्तिपुर पब्लिकेशन्स्, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था–फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउनेछन् ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका ५ वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*