सामूहिक बलात्कारमा परिन किशोरी, दुई युवक पक्राउ

बकैया दर्पण संवाददाता
१९ असार २०८०, मंगलवार १५:४२

मकवानपुर । कञ्चनपुरमा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार दुई जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरूलाई पक्राउ गगरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*