मुखियाको मृत्यु गुडिरहेको ट्रकमा करेन्ट लाग्दा

बकैया दर्पण संवाददाता
१९ असार २०८०, मंगलवार १३:२२

मकवानपुर । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने ट्रक चालक गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो चन्द्रनगर गाउँपालिका ७ मा भुँसा लोड गरी गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकमा माथि रहेको बिजुलीको तार छुँदा करेन्ट लागेको थियो ।

करेन्ट लागेर रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्छ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएका छन् ।

मृतक मुखियाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*