मकवानपुरका एक जना लागूऔषधसहित पक्राउ

बकैया दर्पण संवाददाता
१५ असार २०८०, शुक्रबार १३:४४

मकवानपुर । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपलिका –५, बम्कीङबाट बिहीबार विहान अवैध लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध अफिम ३ केजी ४ सय ६० ग्राम र नगद ५० हजार रूपैयाँसहित मनहरी गाउँपालिका–७ रमनटार बस्ने ३६ वर्षीय प्रलाद दर्जीलाई पक्राउ गरेको जनाएको छ ।

दर्जीलाई प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बिहीबार राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा.५३ प ४५३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दर्जीको साथबाट उक्त परिमाणको लागूऔषध फेला परेपछि निजालाई पक्राउ गरिएको हो ।

यस्तै, सोही मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुष भने फरार रहेका छन् । उनको खोजीकार्य हुनुका साथै पक्राउ परेका दर्जीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*