अवैध सामान र मोटरसाइकलसहित दुई जना पक्राउ

बकैया दर्पण संवाददाता
११ असार २०८०, सोमबार १३:५२

मकवानपुर । रुपन्देही प्रहरीले अवैध सामान र मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाँउपालिका ३ का शैलेश भर र करण भर रहेका छन् ।

उनीहरूबाट प्रहरीले लु २९ प २९६७ र भारतीय नम्बरप्लेटको यूपी ५६ के ५९९० नम्बरको मोटरसाइकलसहित ३ लाख ६९ हजार ५ सय ५० रुपैयाँ बराबरका सामानसमेत गरेको छ ।

भन्सार छलेर मोजा, ब्लाउज, सुटलगायत सामान ल्याउँदै गर्दा मायादेवी गाउँपालिका मोतीपुरबाट उनीहरू आइतबार पक्राउ परेका हुन् । नियन्त्रणमा लिइएका दुवै जना र सामान भैरहवा भन्सार कार्यालयमा बुझाइएको रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*