बिहान दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प

बकैया दर्पण संवाददाता
१० जेष्ठ २०८०, बुधबार १०:०८

मकवानपुर । बझाङमा भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

पश्चिमी क्षेत्रमा केही समय यता लगातारजसो भूकम्प गइरहेको छ । यस अघि अस्ति ८ गते बाजुरामा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।  त्यस्तै, बाजुरा नै केन्द्र विन्दु भएर गएको वैशाख २८ गते ४ दशमलव ३, २१ गते ४ दशमलव १, १५ गते ५ दशमलव ९, १४ गते ४ दशमलव ९  र १० गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

पश्चिमी क्षेत्रमा पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले उच्च जोखिम रहेको विज्ञले बताउँदै आएका छन् । पश्चिमी क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै रहेको भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो । जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन उहाँको सुझाव छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*