रुकुमको हुकाम केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

बकैया दर्पण संवाददाता
७ जेष्ठ २०८०, आईतवार ०९:२१

मकवानपुर । पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ बजेर ५९ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको उच्च जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । यसअघि वैशाख २८ गते बाजुराको बिछ्या केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । वैशाख महिनामा मात्रै बाजुरा केन्द्रविन्दु भएर ६ पटक भूकम्प गएको तथ्याङ्क छ ।  नेपालको पश्चिमी क्षेत्रमा पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले उच्च जोखिम रहेको विज्ञले बताउँदै आएका छन् ।

भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिमी क्षेत्रमा जमिन मुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै रहेको भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो । जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दालाई अहिलेदेखि नै सावधानी अपनाउन र पूर्वतयारी गर्न पनि उहाँको सुझाव छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*