आज बिहान दुईवटा बस ठोक्किँदा दाङको देउखुरीमा एक जनाको ज्यान गयाे, २३ जना घाइते

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार ०९:३२

मकवानपुर ।  दाङको देउखुरीमा आज बिहान दुईवटा बस ठोक्किँदा एक जनाको ज्यान  गएको छ । २३ जना घाइते भएका छन् । दाङकाे लमहीबाट भालुवाङका लागि छुटेकाे लु २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट तुलसीपुरका लागि छुटेकाे ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठाेक्किएका हुन् ।

दुर्घटनामा रोल्पा रुन्टीगढी–९ की २४ वर्षीया शोभा परियारकाे ज्यान गएकाे छ । यस्तै, उहाँका दुई छोरासहित २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभयाे । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि लमही लगिएको उहाँले बताउनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*