दैलेखमा भरुवा बन्दुक पड्किएर गाेली लाग्दा एक जनाकाे ज्यान गयाे

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार ०९:२१

मकवानपुर । दैलेखमा भरुवा बन्दुक पड्किएर गाेली लाग्दा एक जनाकाे ज्यान गएकाे छ । गाेली लागेर नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरकाे हिजाे बेलुका ज्यान गएकाे हाे ।

आफैँले चलाउँदै गरेकाे भरुवा बन्दुक पड्किँदा उहाँकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी किशोर लम्सालले जानकारी दिनुभयाे।

घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*