प्रि-बजेटका बारेमा आज अर्थमन्त्रीले जवाफ दिने

बकैया दर्पण संवाददाता
२७ बैशाख २०८०, बुधबार ०९:४६

मकवानपुर । अर्थमन्त्री डा‍. प्रकाश शरण महतले बुधबार प्रि–बजेटका बारेमा सांसदहरूले राख्नुभएका धारणाका बारेमा जवाफ दिँदै हुनुहुन्छ ।

बुधबारको बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेछन् । सांसदहरुले बोल्ने क्रम सकिएपछि अर्थमन्त्री डा. महतले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

गत आइतबार सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले सोमबार र मंगलबार छलफल गरिसकेका छन् । दुई दिन छलफलमा भाग नलिएका सांसदहरुले बुधबार छलफलमा भाग लिने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभामा भने बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएर अर्थमन्त्री महतले सांसदले उठाएका प्रश्नको जवाफ दिइसक्नुभएको छ ।

उहाँले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गर्नुभएको छ ।​

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*