अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ३ जनाको ज्यान गयो

बकैया दर्पण संवाददाता
२७ बैशाख २०८०, बुधबार ०८:५०

मकवानपुर । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर ३ जनाको ज्यान गएको छ । हिजो दिउँसो भुमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेकोे आगो निभाउने क्रममा घाइते भएका भुमिकास्थान  २ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र  ५२ वर्षीय घनश्याम वेल्वासेको ज्यान गएको हो ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको थियो । पाल्पामा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा बाटोमै ज्यान गएको स्थानीय विष्णु वेल्वासेले जानकारी दिनुभयो ।

आगलागी  परेर घाइते भएका ३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको छ । उहाँकाे कीर्तिपुर अस्पतालमा उपचार भइरहेकाे छ ।

यसैबीच, सन्धिखर्क नगरपालिकाको वडा नम्बर–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् ।

आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका ८ घरगोठ जलेर नष्ट भएका छन् ।

आगलागीमा परेर चार वटा ४ भैंसी जलेका छन् भने आठ सय भन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो निभाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*