काेभिड–१९ ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ समाप्त भएकाे घाेषणा

बकैया दर्पण संवाददाता
२३ बैशाख २०८०, शनिबार ०९:५५

मकवानपुर । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड–१९ (काेराेना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ समाप्त भएकाे घाेषणा गरेकाे छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको थियाे । याे घाेषणाले महामारी नियन्त्रण गर्ने दिशामा एक महत्त्वपूर्ण कदमकाे प्रधिनिधित्व गर्ने डब्ल्यूएचओले बताएकाे छ । यद्यपि धेरै देशले यसअघि नै काेराेना महामारी सकिएकाे घाेषणा गरिसकेका छन् ।

सन् २०२१ काे जनवरीमा हरेक हप्ता औसतमा एक लाख जना काेराेना सङ्क्रमितकाे ज्यान जाने गरेकाेमा याे सङ्ख्या अहिले तीन हजार पाँच सय जनामा झरेकाे डब्ल्यूएचओले जनाएकाे छ ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले काेराेना महामारीका विश्वभर कम्तीमा ७० लाख मानिसकाे ज्यान गएकाे बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*