पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा दुईतर्फी गाडी सञ्चालनको प्रयास हुँदै

बकैया दर्पण संवाददाता
२० बैशाख २०८०, बुधबार १०:१४

मकवानपुर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा भासिएको सडक मर्मतको काम भइरहेको छ । गणेश खोला पुलको सडक भासिएपछि अस्ति सोमबार दिउँसो ४ बजेदेखि बन्द सडकमा हिजो बिहान १० बजेदेखि एकतर्फी गाडी चलिरहेका छन् ।

दुईतर्फी नै सडक खुलाउने प्रयास भैरहेकोे  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, सडक विभागका कर्मचारीलगायतको टोलीले सडक बनाउने काम गरिरहेको छ । पृथ्वी राजमार्ग भएर दैनिक हजारौँ संख्यामा गाडी र यात्रु ओहोरदोहोर गर्ने भएकाले एकतर्फी मात्रै सडक खुल्दा चाप हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*