भारतमा उपचार गरी स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

बकैया दर्पण संवाददाता
१८ बैशाख २०८०, सोमबार ०९:४४

मकवानपुर । भारतमा उपचार गरी स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता हुनुभएको छ । उहाँ गएराति स्वदेश फर्कनु भएको हो । गएको वैशाख ६ गते उपचारका लागि उहाँ भारत जानुभएको थियो । राष्ट्रपति पौडेल दिल्लीमा रहेको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट हिजो डिस्चार्जपछि स्वदेश फर्किनुभयो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्ति अनुसार उहाँ नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनु भएको छ । राष्ट्रपति पौडेललाई डाक्टरले केही हप्ता आराम गर्न सुझाव दिएका छन् । पेट र छातीमा समस्या देखिएपछि उहाँ उपचारका लागि भारत जानुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*