प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा काठमाण्डाै–तराई ‘फास्ट ट्र्याक’ काे अवलाेकन

बकैया दर्पण संवाददाता
५ बैशाख २०८०, मंगलवार १५:३४

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन काठमाण्डाै–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को अवलोकन गर्नुभएको छ ।

मङ्गलवार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयाेजनाकाे रूपमा रहेकाे ‘फास्ट ट्र्याक’ अवलोकन एवम् निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले आयाेजनाकाे अहिलेसम्मको उपलब्धिबारे जानकारी लिनुभएको थियो ।

अवलाेकनमा प्रधानमन्त्रीसँगै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाणडाैलाई तराई, मधेससँग जोड्ने सबैभन्दा छोटो दुरीको आयोजनाका रूपमा लिइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*