रविका चालक छतबाट खसेको घटनामा मुकुल ढकालका चालक पक्राउ

बकैया दर्पण संवाददाता
४ बैशाख २०८०, सोमबार ११:५७

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक छतबाट घटेको घटनामा अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई नियन्त्रणमा लिएको हो।

भरतपुर–११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका ३५ वर्षका थापा राति घरको छतबाट खसेका थिए। थापासँगै सुतेका प्रवक्ता ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए।

पुरानो मेडिकल कलेजमा उपचाररत थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*