३ तलामाथिबाट खसेर रविका सवारी चालक गम्भीर घाइते

बकैया दर्पण संवाददाता
४ बैशाख २०८०, सोमबार १०:३४

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको ३ तलामाथिबाट खसेर गम्भीर घाइते हुनु भएको छ ।

चितवनको भरतपुर-११ स्थित एक घरको ३ तलामाथिबाट खसेर आइतबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय थापा गम्भीर घाइते हुनुभएको हो । थापा सोमबार बिहान ४ बजेतिर घरको छतबाट भुइँमा खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । रास्वपा महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै थापा आइतबार राति घरको छतमा सुत्नुभएको प्रहरीको भनाइ छ ।

थापाको अहिले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*