खोप सप्ताह बैशाख ११ गतेदेखि सुरु हुने

बकैया दर्पण संवाददाता
२ बैशाख २०८०, शनिबार १९:१६

मकवानपुर ।  यही बैशाख ११ देखि १७ गतेसम्म देशैभर खोप सप्ताह हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार, लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह आयोजना गर्न लागिएको हो ।

विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको संख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले वैशाखभरी सबै बालबालिका खोप दिइने निर्देशक लालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*