राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना

बकैया दर्पण संवाददाता
१९ चैत्र २०७९, आईतवार ०९:२०

मकवानपुर ।  राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँ हिजो बेलुका उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो ।

अस्पतालले राष्ट्रपति पौडेल पेटमा समस्या भएपछि उपचारार्थ अस्पताल भर्ना हुनुभएको र अहिले डाक्टरको निगरानीमा रहनुभएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*