न्याय खोज्दै पैदल बर्दिवासबाट हिँडेर काठमाण्डौ आएका मिटरब्याज पीडितले आजदेखि माइतीघर मण्डलामा धर्ना दिँदै

बकैया दर्पण संवाददाता
१३ चैत्र २०७९, सोमबार ०९:०६

मकवानपुर  ।  न्याय खोज्दै पैदल काठमाण्डौ आएका मिटरब्याज पीडितहरुले आजदेखि माइतीघर मण्डलामा धर्ना दिँदैछन् । आफ्नो समस्या सरकारलाई सुनाउनको लागि ७२ जना पीडितहरु महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर हिजो ११औँ दिनमा काठमाण्डौ आइपुगेका छन् ।

मिटरब्याजविरुद्ध यसअघि पनि धर्नामा बसेका उनीहरु सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि फर्किएका थिए । तर सरकारले माग सम्बोधन नगरेपछि उनीहरु हिँडेरै फेरि काठमाण्डौ आएका हुन् । गएको जेठ अन्तिममा पनि देशभरबाट आएका पीडितहरु न्याय माग्दै माइतीघर मण्डलमा धर्ना बसेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*