नवलपरासीको विनयीत्रिवेणीमा भेटियो बेवारिसे नौ वटा बम

बकैया दर्पण संवाददाता
१३ चैत्र २०७९, सोमबार ०८:५८

मकवानपुर  ।  पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । जङ्गलमा गाईबस्तु चराउन गएका किसानहरूले हिजाे दिउँसाे बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम फेला परेकाे हाे ।

बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले बम फेला परेको जानकारीपछि दुम्कीवासका प्रहरी निरीक्षकको टोली खटिएको जानकारी दिनुभयो ।

ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*