आजदेखि बेनी–जोमसोम सडक ५ घण्टा बन्द

बकैया दर्पण संवाददाता
३ चैत्र २०७९, शुक्रबार ०९:४३

मकवानपुर  ।  बेनी–जोमसोम सडक शुक्रबार (आज)देखि दैनिक ५ घण्टा बन्द गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ५ घण्टा यातायात बन्द गरिएको हो ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले चैत ३ गतेदेखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिए । चैते दशैंको समयमा कागबेनीमा स्नान गर्ने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते भने यातायात सञ्चालन हुनेछ ।

बेनी–जोमसोम सडकले मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*