सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

बकैया दर्पण संवाददाता
३० फाल्गुन २०७९, मंगलवार ०९:४५

मकवानपुर । सप्तरीमा विद्युत् चुहावट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । अनधिकृत रुपमा विद्युत् उपयोग गरिरहेका सात जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

टोलीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका लक्ष्मी यादव, राजेश यादव, कृष्ण कुमार यादव, जोगिन्द्र यादव, हनुमाननगर कङ्कालिनी नगरपालिकाका विक्रम मण्डल, बद्रिप्रसाद मण्डल र राम कुमार मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ भने उनीहरुलाई जरिबाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण राजविराज शाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*