ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

५ जनाको मृत्यु
बकैया दर्पण संवाददाता
२८ फाल्गुन २०७९, आईतवार १२:१२

मकवानपुर । ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको खाङ्साङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

सिन्धुलीको फिक्कल गाउँ पालिका ४ कुइभीरमा बस भित्तामा ठोक्किएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । बसमा २० जना यात्रु रहेको प्रहरीको अनुमान छ ।

प्रहरी घटनास्थलमा जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*