काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

बकैया दर्पण संवाददाता
२१ फाल्गुन २०७९, आईतवार ०८:५५

मकवानपुर । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ । आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि परकम्प गइरहेको छ । बिहान काभ्रेमा गएको परकम्प पनि गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*