कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द

बकैया दर्पण संवाददाता
१८ फाल्गुन २०७९, बिहीबार ०९:१७

मकवानपुर । मकवानपुरको हेटौँडा र ललितपुर जोड्ने कान्ति लोकपथ मर्मत सम्भारका लागि आजदेखि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले कान्ति लोकपथको दुईतर्फी आवागमन आजदेखि चैत १० गतेसम्म २२ दिन बन्द गर्ने निर्णय गरेको थियो ।

कान्ति लोकपथ मर्मतका लागि सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग सञ्चालन गर्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडा–काठमाण्डौ चल्ने सुमोलगायतका साना गाडी सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सञ्चालनको व्यवस्था मिलाइएको छ ।

निर्णय अनुसार हेटौँडाबाट काठमाण्डौ आउन हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै एकतर्फी र काठमाण्डौबाट हेटौँडा जान थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी हुँदै एकतर्फी गाडी सञ्चालनको व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*